कालिका २६, माघ । आगामी चारवर्ष कार्यकालका लागि पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा लोकराज चालिसे चयन भएका छन् । यस्तै उपाध्यक्षमा भैरव प्रसाद धिताल निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा सुरेन्द्र कुमार तामाङ, रामचन्द्र पोख्रेल, नारायण तिमिल्सिना, बेद प्रसाद भट्टराई, ऋषिराम लामिछाने, बुद्धिमाया सुनार, गंगा कुमारी सन्यासीपुरी, दुर्गा मरहट्ठा, र कमल मल्ल निर्विरोध चयन भएका छन् ।
उपाध्यक्ष पदमा बाहेक अन्य सबै निर्विरोध चएन भएका हुन । यस्तै लेखा समिति संयोजकमा आत्मराम बास्तोला चयन भएका छन् । लेखा समिति सदस्यहरुमा घनश्याम गिरी, नगेन्द्र गिरी निर्विरोध चयन भएका छन् । नव निर्वाचित कार्य समिति सदस्यसँगै लेखा समितिका सम्पूर्ण पदाधिकारीले आज सपथ ग्रहण गरका छन् ।
दैनिक २२ सय लिटर दुध पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाले संकलन गर्दै आएको छ । –00–