दीपेश चौधरी-
सौराहा २४ माघ । नेपाल प्रेस युनियन वागमती प्रदेश समितिको प्रथम अधिवेशन चितवनको सौराहामा सुरु भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले एक कार्यक्रमकाबीच अधिवेशनको उद्घाटन गर्नुभयो ।
थारु कल्चर हाउसमा अहिले उद्घाटन कार्यक्रम जारी छ । प्रेस स्वतन्त्रता र पेशागत मर्यादाको विषयमा बोल्नेहरुले जोड दिइरहेका छन ।
कांग्रेसका नेता, पत्रकार महासंघ तथा प्रेस युनियन र पेशागत संगठनका नेतृत्वले भनाई राखिरहेकाछन् । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ । अधिवेशनमा वागमती प्रदेशका १३ वटा जिल्लाका करिव २०० जना पत्रकार सहभागी छन् ।