जनकपुरबाट हतियारसहित एक मिटरब्याजी पक्राउ

काठमाडौं । जनकपुरबाट हतियारसहित एक मिटरब्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साह रहेका छन् । उनको घरबाट प्रहरीले एकथान कटुवा पेस्तोल, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थानसहित मिटरब्याज सम्बन्धित कागजात बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले साहको घर तथा पसल खानतलासी गरेको थियो । हतियारका साथै दिलिप र उनकी श्रीमती ममता देवी साहको नाममा रहेको राजीनामा फारम सहितको जग्गा धनीपुर्जा ३९ थान, दिलिपको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

त्यस्तै उनीहरुको साथबाट कपाली तमसुक १५ थान, खाली कागजमा सहीछाप भएको ६ वटा पाना, लेनदेन मुद्दाको दिलिप साहको नाममा रहेको तारेख पर्चा १४ थान समेत बरामद गरेको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु