कालिका, २० माघ । पदमपुरमा आजदेखि होमस्टे सेवा सुरु भएको छ । कालिका नगरपालिकाको वडा नं. ५ मा भीमवली होमस्टे नाम दिएर थारु होमस्टे सुरु गरिएको हो । होमस्टेको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर रेग्मीले होमस्टेले यहाँका स्थानीयहरुको आर्थिक अवस्थालाई बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो । पाहुनाहरुको आदरसत्कारलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिन समेत मेयर रेग्मीले सुझाव दिनुभयो । यसले थारु समुदायको कलासंस्कृति संरक्षणसँगै बन र बन्यजन्तु संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । –00–