विश्व सिमसार दिवसको अवसरमा २० वटा घडियाल गोही नदीमा छाडियो

भरतपुर,१९ माघ । विश्व सिमसार दिवसको अवसरमा चितवनमा २० वटा घडियाल गोही राप्ती नदीमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा स्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएको २० वटा घडियाल गोही प्राकृतिक वासस्थानमा छाडिएको हो । यसमा दुई वटा भाले र १८ वटा पोथी घडियाल रहेका छन् ।

 

प्राकृतिक वासस्थानमा छोडिएको घडियालमध्ये तीन वटा छ वर्ष उमेरका रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए बाँकी १७ वटा घडियाल गोही सात वर्ष उमेरका छन् ।

योसँगै निकुञ्जले अहिलेसम्म एक हजार ७ सय १२ वटा गोही प्रकृतिक वासस्थानमा छोडेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । यो भन्दा पहिला राप्ती नदीमा ९ सय ७२, नारायणी नदीमा ४ सय १९, कालिगण्डकीमा ३५, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र बबहीमा ११० गरि एक हजार ६ सय ९२ गोही छाडिसकिएको छ ।-फोटो -कोमल भगत

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु