सांसद चौधरी पक्राउ परेको विरोधमा नागरिक उन्मुक्ति पार्टीको प्रदर्शन

धनगढी १९, माघ । कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले प्रदर्शन गरेको छ । चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले कैलालीको बौनियामा विरोध प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनपछि बौनिया बजारमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नाउपाका नेता जन्मदेव सञ्जालले शुक्रबार बिहान १० बजेदेखि कैलालीमा यातायात बन्द गर्ने चेतावनी दिएका छन् । १३ वर्ष पूरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय सुनाइएका चौधरीलाई बिहीबार दिउँसो प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो । अपराध महाशाखा काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेपछि कैलाली प्रहरीलाई जिम्मा लगाउने तयारी गरेको छ ।

चौधरीलाई बाँकेबाट विमानमार्फत काठमाडौं लगेर फेरि धनगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु