चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन ल्याउने योजना निर्णय विहीन

चितवन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन चितवनको लोथरसम्म पाइप लाइन ल्याउन बनाएको योजना मन्त्रिपरिषद्मा अलपत्र परेको छ । निगमले वितरण प्रणाली सहज र भण्डारण क्षमता बढाउन भन्दै चितवनको लोथरमा अत्याधुनिक डिपो निर्माण गर्ने परियोजना अगाडि सारेको थियो । तर, यी परियोजनाको अध्ययन गर्ने काम सकेर मन्त्रीपरिषद्मा उक्त प्रस्ताव पुगे पनि सरकारले कुनै निर्णय गरेको छैन ।

निगमले यो परियोजना अगाडि बढाउन मन्त्रिपरिषद्को छलफल र निर्णय कुरिरहेको निगमले जनाएको छ । लोथरमा एक लाख चार हजार किलोलिटर क्षमताको अत्याधुनिक डिपो निर्माण गर्ने निगमको योजना छ । यसका लागि ९ अर्ब भारतीय रुपैयाँ ९साढे १४ अर्ब नेपाली रुपैयाँ० लागत अनुमान गरिएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्टको सफलतापछि निगमले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन जडानको योजना बनाएको थियो । संघीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पु¥याउने लक्ष्यसहित अध्ययनको काम सुरु भएको नेपाल आयल निगम ९एनओसी०ले गत वर्ष जनाएको थियो तर यो काम हुने वा नहुने निर्णय मन्त्रिपरिषद्ले गर्न सकेको छैन ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउन अध्ययन सकेर सरकारलाई प्रतिबेदन बुझाएको थियो । लोथरमा डिपो निर्माण गर्ने काम अगाडि बढ्ने निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले आशा व्यक्त गरे । उनका अनुसार परियोजनाको सबै अध्ययन सम्पन्न भएर मन्त्रीपरिषद्मा पेस भएको छ ।

‘यो परियोजना नेपाल सरकार र भारत सरकारबीच जीटुजी स्तरमा ड्राफ्ट पनि गरिएको र अहिले छलफलमा छ । मन्त्रिपरिषद्ले पारित गरेपछि भारत र नेपालबीच जीटुजीस्तरकै सम्झौता हुनेछ । सम्झौता अनुसार कुन मोडालिटीमा परियोजनाको काम अगाडि बढाउने भन्ने कुरा टुंगिन्छ,’ गोइतले भने, ‘यो परियोजनाको लक्ष्य भण्डारण क्षमता वृद्धिसँगै पेट्रोलियम पदार्थको वितरण कार्य सहज बनाउनु हो। सरकारले ३ महिनाको लागि पेट्रोलियम भण्डारण क्षमताका डिपोहरु निर्माण गर्ने लक्ष्य अनुरुप यो योजनाको काम अगाडि बढाइएको थियो।’ उनका अनुसार यो डिपोलाई आधुनिक टर्मिनल भनिन्छ। यसमा पनि स्मार्ट प्रविधि प्रयोग हुनेछ । यसले सुरक्षालाई प्राथमिकतामा राख्ने निगमले जनाएको छ ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु