काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आजदेखि पोखरामा बोर्ड बैठक बस्न लागेको छ । निकै चासोका साथ हेरिएको नेपाल क्रिकेट संघ ९क्यान०को बोर्ड बैठकमा मुख्य एजेन्डाका रूपमा पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा र भारतीय कम्पनीसँगको सम्झौताबारे छलफल हुने भएको छ ।
बैठकमा क्यानको रणनीतिक तथा व्यावसायिक साझेदार सेभेन थ्री स्पोर्ट्ससँगको आकस्मिक दोस्रो संशोधन र सम्झौताका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छानबिन कार्यदलको प्रतिवेदनबारे छलफल हुने भएको हो ।
क्यानले नाबालिका किशोरीमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपमाथिको निलम्बन फुकुवा गर्नका लागि बोर्डमा प्रस्ताव पेस गर्ने जनाएको छ । सन्दीप अहिले धरौटीमा रिहा भएका छन् । अदालतबाट अन्तिम फैसला आउन बाँकी छ ।
साथै क्यान आफैँले आयोजना गरेको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको, खेलाडीले पूरा पारिश्रमिक नपाएको, पुरस्कार रकम नपाएको, क्यानले पाउनुपर्ने रकम नपाएको, फिक्सिङमा व्यवस्थापनकै व्यक्ति संलग्न रहेकोजस्ता घटना बाहिर आएपछि पोखरामा बस्ने केन्द्रीय कार्यसमितिको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।
क्यानकै सात सदस्यले माघ १५ गते कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यस्तै, नेपाल ट्वान्टी–२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्तविक्रम मल्ल, सदस्यहरू दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन अहलुवालियालाई पनि कारबाहीको दायारामा ल्याउनुपर्ने उनीहरूको माग थियो ।
त्यस्तै, राखेपले क्यानका सरोकार पक्षहरूबाट प्रतियोगिता आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौतालगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद ऐन, २०७७ को दफा २८ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा ९२० मा भएको व्यवस्थाको पालना भएको नदेखिएकाले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर गरेको छ ।
क्यानको बोर्ड बैठक मंगलबार पोखरामा बस्दै छ । तर, सोमबार साँझमात्र आफूहरूले बैठकमा प्रस्तुत हुने एजेन्डा पाएको एक सदस्यले बताए । क्यानको बोर्ड बैठकमा १७ बुँदे एजेन्डामाथि छलफल हुनेछ ।
क्यान बोर्ड बैठकका एजेन्डाहरू –