चितवन । चितवनको भरतपुर १ रामनगर सरस्वती पूजाको अवसर पारि मोक्षदाता गणेश मन्दिर, देउराली देवी मन्दिर र मिना स्मृति चौतारीको एक उद्धघाटन गरिएको छ । पूर्व प्रहरी नायब महानिरिक्षक (डिआईजी) ज्ञानेन्द्रविक्रम महत अध्यक्ष रहेको मीना स्मृति प्रतिष्ठान नेपालले निर्माण गरेको देउराली देवी मन्दिर, लखन पार्कमा मिना स्मृति चौतारी र रामनगर पुष्प बाटिकामा मोक्षदाता गणेश मन्दिर आज एक साथ उद्धघाटन गरिएको हो ।
पूर्व डिआईजी महतको स्वर्गीय मीना महतको स्मृतिमा वार्षिक तिथिको अवसर पारेर शिलन्यास गरि निर्माण पुुरा गरेको मन्दिरहरु र चौतारीको २५ लाख रुपैयामा लगात लागेको मिना स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष महतले जानकारी दिए । उनले जीवनसंगिनी भौतिक रुपमा नरहेपनि मन्दिर, पार्क र चौतारीको रुपमा सधैँ आफुसँगै हुने बताए । आफू प्रहरी जागिरे अवधिमा नै रहदाँ समाजसेवा गर्नुपर्छ भन्ने भाव रिटार्यट हुदाँ पनि जागृत रहेकोले आफू यस क्षेत्रमा निरन्तर सामाजिक काममा लागेको उनले स्पष्ट पारे ।
कार्यक्रममा प्रहरी शिक्षालयकी डिआईजी दुर्गा सिंह, व्यवसायी राजेन्द्र अर्याल लगायतले महत परिवारको समाजिक कार्य सबैका लागि प्रेरेणको स्रोत बनेको बताए । वि.सं. २०११ साल साउन २९ गते जन्मिएकी सामाजिक कार्यमा अग्रसर मीना महतको वि.सं. २०७७ चैत २८ गते निधन भएको थियो । उनको दिर्घरोगका कारण निधन भएको थियो ।
नेपाली सेना अन्तर्गत हेलिकप्टर सेवामा फ्लाइट अप्रेसन अधिकृतका रुपमा २५ बर्ष काम गरेकी थिइन् । उनले प्रहरी परिवार महिला संघ पश्चिमाञ्चलको अध्यक्षको भूमिका समेत निर्वाह गरेकी थिईन् । पूर्व प्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्र बिक्रम महतलाई सामाजिक, धार्मिक, अध्यात्मिकक्षेत्रमा उतार्न उनको जीवन संगिनी मीनाको ठुलो हात रहेको जनाकारहरु बताउँछन् ।