सरकारसँग विवाद छैन, चाँडो प्रतिपक्षबाट सत्तापक्षको बेञ्चमा जान चाहन्छौं – रन्जिता श्रेष्ठ

काठमाडौं ७, माघ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफनो माग छिटो सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । संसद भवन छिर्नेक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफू सरकारकै पक्षमा रहेपनि माग सम्बोधन नभएसम्म प्रतिपक्षमा बस्ने बताइन् । उनले सरकारले छिटो भन्दा छिटो आफनो माग पूरा गरेर प्रतिपक्षीको बेन्चबाट सत्तापक्षको बेन्चमा जान चाहेको बताइन् ।

उनले भनिन्,‘सरकार र हाम्रो विवाद छैन। छिटो भन्दा छिटो हाम्रो माग पूरा होस र छिटो भन्दा छिटो प्रतिपक्षीको बेन्चबाट सत्तापक्षको बेन्चमा जान चाहान्छौं ।’ उनले आजसम्म सत्तागठबन्धनमा रहेकाले आज उपसभामुख पदमा पनि सत्तागठबन्धन कै उम्मेदवारीलाई मत दिने बताइन् । उनले भनिन्,‘आजको दिनसम्म गठबन्धनमा छौ मत दिन्छौं ।’

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु