पितृहरुको सम्झनामा थारु कल्याणकारिणी सभा चितवनले तीनहजारलार्ई निशुल्क खाना दियो

निरज महतो (चरन )-
देवघाट, १ माघ । थारू कल्याणकारिणी सभा चितवनले माघी पर्वको अवसरमा देवघाटमा निःशुल्क खाना वितरण गरेका छ। माघे सङ्क्रान्ति मेला भर्न आएका भक्तजनहरूका लागि प्रसाद स्वरुप निःशुल्क खाना वितरण गरिएको थाकस चितवनका सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो

आफ्नो पितृहरुको सम्झनामा कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । देवघाट आएका तीन हजार भक्तजनलाई निशुल्क खाना वितरण गरिएको सभापति चौधरीले जानकारी दिनुभयो। अग्रजहरुले पिण्डदानगर्ने संस्कार थियो । अहिले पिण्डदानगर्ने परम्परा हराउँदै गएको छ । त्यसैलाई निरन्तरता दिँदै थाकस चितवनले यस्ता खालका गतिविधिलाई प्राथमिकता दिएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य राजेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । हराउँदै गएको परम्परालाई थारु कल्याणकारिणी सभाले यो खालको अभियान गरेर फेरि सुरु गरेको छ उहाँले भन्नुभयो यस्ले नयाँ पुस्तालाई सिकाउन मद्दत गर्छ भन्ने हो ।

थारू समुदायले माघे सङ्क्रान्ति पर्वलाई माघी पर्वको रूपमा मनाउने गरिन्छ। थारू समुदायले यो पर्वलाई नयाँ वर्षको रूपमा समेत मनाउने प्रचलन छ। चितवनका थारूहरूले भने माघे सङ्क्रान्ति पर्वलाई खिचराको रूपमा मनाउँदै आएका छन्।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु