खैरहनी महोत्सवमा हुने डान्सिङ्ग स्टार लागि टपटेन छनौट

खैरहनी, ३० पौष । बागमती प्रादेशिक तथा दोस्रो खैरहनी महोत्सवमा हुने डान्सिङ्ग स्टार २०७९ को लागि आज अडिसन भएको छ । अडिसनमा सहभागी २२ वटा समूहमध्यबाट टप टेन छनौट भएको हो ।

८ वटा विद्यालयका १० वटा टोली छनौट भएको महोत्सवको कला तथा सांस्कृतिक संयोजक अर्जुन लम्सालले जानकारी दिए । आज छनौट भएका व्यक्ती तथा समुहहरुको माघ ५ गते प्रतिस्पर्धा हुने र त्यसबाट टप फाइभ छनौट गरिने आयोजकले जनाएको छ । टप फाइभ मा प्रवेश गरेकाहरुको अन्तिम प्रतिस्पर्धा माघ १३ गते हुने छ । प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय हुनेलाई नगद, ट्रफी र प्रमाणपत्र दिइने संयोजक लम्सालले बताए

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु