२० लाख धरौटीमा सन्दीप लामिछाने आज रिहा हुने

काठमाण्डौं । क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिए पनि उनी आज मात्र रिहा हुने भएका हुन् । उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रबार धरौटी राखेर निस्किने जानकारी दिए ।

“२० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । शुक्रबार हामी धरौटी राखेर निकाल्छौँ,” उनले भने । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई विदेश जान पनि रोक लगाएको छ । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरे पनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो ।

लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु