बन्ने होइन खिचरा डान्स आइडल !

खैरहनी । खिचरा महोत्सवमा यो वर्ष  स्कुल स्तरीय खिचरा डान्स आइडल आयोजना हुँदैछ । डान्स आइडलका लागि शनिवार अडिसन हुन हुँदैछ । अडिसनका लागि हरिशरण चौधरीको संयोजकत्वमा नृत्य समितिनै गठन गरिएको छ । स्कुल अध्ययनगर्ने हरेक विद्यार्थीले अडिसन दिन पाउनेछन् ।
अडिसनवाट २५ जना विद्यार्थीहरु फाइनल राउण्डमा प्रवेश गर्नेछन् । उनीहरुले महोत्सवको स्टेजमा ३० गते आआफ्नो प्रस्तुती दिनेछन् । खिचरा डान्स आइडल हुनेले नगद ३० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्तगर्नेछ । यस्तै दोश्रो हुनेले नगद २० हजार सहित प्रमाणपत्र पाउनेछन भने तेश्रोहुनेले १० हजार नगद र प्रमाणपत्र प्राप्तगर्नेछ ।
स्कुले उमेरका भाइ बहिनीहरुको प्रतिभालाई सम्मान स्वरुप यो स्कुल स्तरीय खिचरा डान्स आइडल आयोजना गर्न लागिएको नृत्य समितिका संयोजक हरिशण चौधरीले जानकारी दिनुभयो । पूर्वी चितवनको खैरहनी ५ जबकौली, दुर्गा मन्दिर परिसरमा यहि पुस २८ गतेदेखि माघ ४ गते सम्म खिचरा महोत्सव आयोजना हुँदैछ । डान्स आइडल छनौटका लागि निर्देशक तथा थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरी, हिरा चौधरी जजमा रहनेछन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु