चितवन । पूर्वी चितवनमा मृत अवस्थामा गैँडा फेला परेको छ। कालिका नगरपालिका-१ स्थित चर्तुमखी सामुदायकि वनमा सडेगलेको अवस्थामा गैँडा फेला परेको हो। करिब ६ महिनाअघि मरेको अनुमान गरिएको छ। उक्त गैँडाको लिङ्ग र उमेर पहिचान हुन सकेको छैन।
गैँडाको खाग र तीनवटा खुर गायब छ। गैँडाको खप्पर र बाँकी रहेको नौवटा खुरलाई सुरक्षित राखिएको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले बताए।
गस्तीका क्रममा मरेको गैँडा भेटिएको हो। डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो। प्राकृतिक कारणले मरेको या चोरी शिकारी भएको भन्ने बारे पोष्टमार्टमको रिपोर्टपछि मात्रै थाहा हुने खनालले बताए।