रत्ननगरमा मंसिर १२ देखि प्रथम रत्नप्रिय कप फुटबल हुदै

चितवन, कात्तिक २९–

पूर्वी चितवनको रत्ननगरमा मंसिर १२ गतेदेखि प्रथम रत्नप्रिय कप फुटबल हुने भएको छ । रत्नप्रिय युवा क्लब रत्ननगर नगरपालिका ९ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताका खेलहरु स्थानीय टिकौली चौरमा हुने आयोजक क्लबका अध्यक्ष बसन्त रानाले जानकारी दिए । प्रतियोगितामा चितवनसहित मकवानपुर र नवलपरासीका टिमहरु सहभागी हुने उनले बताए ।

उनका अनुसार केही दिन भित्र सहभागी टोलीको टुङ्गो लाग्नेछ । प्रतियोगिताको तयारी तिव्र गतिमा भईरहेको उनले बताए । अहिले मैदान सम्याउने र प्रचार(प्रसारको काम भइरहेको छ ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु