भदौ २१, भरतपुर ।
बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल तराई लिमिटेड(कोककोला)मा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। भरतपुरको गोन्द्राङमा रहेको कोककोला कम्पनीले ४८ जना मजदुरहरुलाई पुर्नवाहालीको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । अखिल नेपाल टे«ड यूनियन महासंघको नेतृत्वमा विभिन्न ज्ञापनपत्रसहित राखेको ७ बुदेँ माग पुरा नभएपछि आफुहरु बाध्य भएर आन्दोलनमा होमिएको महासंघ भरतपुर महानगरका अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।
मनपरी तवरले मजदुरहरुलाई दमन गर्दै आएको स्वयम् मजदुरहरु बताउछन् । अध्यक्ष लामिछानेले माग पुरा नगरे आन्दोलनबाट उत्पन्न हुने परिणामको बोटलर्स नेपाल तराईं लि. का व्यवस्थापन स्वयम् जिम्मेवारी लिनुपर्ने बताए । कम्पनीबाट निष्कासित ४८ जना श्रमिक मजदुरहरुलाई यथासिध्र पूर्नरबहाली, खानेपानी समस्या, स्वास्थ्य सम्बन्धी समस्या, सरसफाई सम्बन्धी समस्या, वायू प्रदुषण सम्बन्धी समस्या, शिक्षा सम्बन्धी समस्या र विकास सम्बन्धी विषयहरु आफ्नो मुख्य माग रहको सचिव गोविन्द तिवारीले जानकारी दिए ।
महासंघको टोलीले कम्पनी गेटमा दैनिकजसो नाराबाजी आन्दोलन जारी राखेका छन् । ४८ जना श्रमिक मजदुरको यथासक्य छिटो पूनरबहाली गरी तलव तथा सुविधा कम्पनी व्यवस्थापनबाट उपलब्ध गराईदिन उनीहरुको माग छ । मजदुरहरुले झण्डै एक दशक अघिदेखि निरन्तर काम गर्दै आइरहेकोले ननिकाल्न माग गरेका छन् ।
महानगरले गरेको यस कार्यको अखिल नेपाल टे«ड यूनियन महासँघ जिल्ला समितिले पनि समर्थन गरेको जिल्ला संयोजक यदुमणि कंडेल र सह संयोजक पुष्कर भण्डारीले जानकारी दिएका छन् । मजदुरहरुलाई विभिन्न वहाना बनाई रोजगार विहिन गराएको छ उनले भने, विभिन्न समयमा गरिएका वार्ता फोन संवाद र छलफल गर्दा समेत बेवस्ता गर्दै व्यवस्थापन पक्षले मजदुरहरुलाई आन्दोलन तर्फ उत्तेजित पारे छ ।
यसअघि गएको २०७७ सालमा ४४ जना मजदुरहरुलाई कम्पनीले कामबाट निकाल्दा आन्दोलन भए पश्चात फेरि काममा राखेको थियो । मजदुरहरु विशेष त कोकाकोला, फेन्टा, स्प्राइटजस्ता उत्पादनहरु ओसारपसार गर्ने कार्यमा संलग्न थिए ।