थारु कलाकार सभा चितवनमा पुन: सुरेश चौधरीको नेतृत्व

भदौ १६, रत्ननगर । थारु कलाकार सभा चितवनको दोस्रो अधिवेशन विहिवार सुकुल रेष्टुरेन्टमा सम्पन्न भएको छ । अधिवेशनले पुन: सुरेश चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा हिरा चौधरी, उपाध्यक्षमा मुस्कान चौधरी, सचिवमा रोहित सिंह चौधरी, कोषाध्यक्षमा प्रकाश चौधरी चयन भएका छन भने सह सचिव नितेश चौधरीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा रामप्रित महतो, देव महतो, फिलिप चौधरी, विश्व चौधरी, सोनुप चौधरी, मायरा चौधरी र धिरज चौधरी रहेका छन ।
अधिवेशनले विक्रम चौधरीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ । समितिको सदस्यहरुमा रविन चौधर र कृशला चौधरी रहेका छन ।

अशिवेशन थारु कल्याणकारीणी सभाका अध्यक्ष ललित चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा थारु पत्रकार संघ नेपाल जिल्ला शाखा चितवनका अध्यक्ष दिपेश चौधरी, होटल ह्याप्पी होमका संचालक कृष्ण महतो, सुकुल रेष्टुरेन्टका संचालक अजित खड्का, थारु महिला सभा चितवनका अध्यक्ष धन्जु महतो लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम सुरेश चौधरीको अध्यक्षता सम्पन्न भएको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु