भदौ १४, चितवन । युगिन खबरले तिज विशेष तथा दर खाने कार्यक्रम गरेको छ । स्थापनाकाल देखि नै संस्कृतिको जर्गेना गर्दै आएको युगिन खबर प्रा.लि. ले हरितालिका तिजको अवसरमा महिला दिदिवहिनीसँगै दर खाएर तिज पर्व मनाईएको हो ।
अध्यक्ष अनुज जोशीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जोशीले मिडियाले पनि कला संस्कृति र धर्मको जगेर्ना गर्न मुख्य भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले हरितालिका तिजको अवसरमा महिला दिदिवहिनीहरुलाई युगिन खबर प्रा.लिको तर्फबाट शुभकामना दिनुभएको छ ।
कार्यक्रममा उधोग वाणिज्य सङघ चितवनको सदस्य दीपा शाही अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथि समाजसेवी पदम गुरुङ र विनोद गुरुङ विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा संस्थाको प्रवद्धन निर्देशक रविना श्रेष्ठ सचिव मनिषा श्रेष्ठ लगाएत सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य युगिन खबर प्रा.लिका उपाध्यक्ष अनुरोध चौधरीले राख्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष जोशीले अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नभयो । कार्यक्रम सहजिकरण संस्थाका सचिव विपिन रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रमलाई सफल बनाउन उधोग वाणिज्य सघ चितवन , एपेक्स कलेज , ईन्टरनेसनल स्कुल अफ हेटल म्यानेजमेन्टको र थानी माई मासु पसल लगायतको सहयोग रहेको थियो ।