नेपालमा बाघको संख्या ३५५ पुग्यो, चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै

काठमाडौँ, साउन १४। विश्व बाघ दिवसको अवसर पारेर आज ९शुक्रबार० बाघको संख्या सार्वजनिक गरिएको छ । उक्त तथ्यांक अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।

पछिल्लो ४ वर्षमा नेपालमा १२० बाघ थपिएर बाघको संख्या ३५५ गुगेको हो ।सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु