भरतपुको केहि क्षेत्रमा असार १० र ११ गते दिनभर विद्युत् अवरुद्ध हुने

भरतपुर, असार ८

भरतपुर महानगरपालिकाका केहि क्षेत्रमा २ दिन दिनभर विद्युत् अवरुद्व हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुरले आज बुधबार गरेको सूचनामा असार १० र ११ गते दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रसारण निर्देशनालयको पत्रअनुसार निम्न फिडरहरु जीर्ण अवस्थामा रहेकोले उक्त फिडरहरुको स्तरोन्नतिको लागि बसेनी स्थित १३२, ११ केभी सबस्टेशनबाट वितरण हुने स्थानहरुमा विद्युत् अवरुद्ध हुनेछ । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न फिडरहरुमा लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले जानकारी दिए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु