ट्रेड युनियनसँग समन्वय गर्न वर्तमान सरकार सकारात्मक : प्रधानमन्त्री देउवा

काठमाडौं, जेठ २९

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियनसँग समन्वय गरेर जाने विषयमा वर्तमान सरकार सकारात्मक रहेको बताएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले ट्रेड युनियनले उठाएका विषय क्रमश सम्बोधन गर्दै लाने विश्वास समेत दिलाए ।

‘श्रमिकको हक, अधिकार र संरक्षणको सम्बन्धमा ट्रेड युनियन काँग्रेस अझ बढी रचनात्मक ढंगले जाने मेरो विश्वास छ,’ काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले भने ।

समाजिक सुरक्षा भत्तामा गरेको दायरा विस्तारबाट श्रमिकले बढी लाभ प्राप्त गर्ने देउवाको भनाइ छ । ‘आर्थिक समस्याका बाबजुद पनि राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरिएको छ । यसले कर्मचारीहरु काममा थप लगनशील हुनुहुने र खुरुखुरु काम गर्ने भन्ने मेरो विश्वास छ,’ उनले भने ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु