भरतपुर महानगरः झिनो मतले रेनुको अग्रता, विजयले मतान्तर २३ मा झारे

चितवन,जेठ १

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका विजयी सुवेदीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । ६ हजार १७७ मतगणना हुँदा माओवादी केन्द्रकी रेणुले २३ मतले मात्रै अगाडि छिन् । रेणुले २२१२ मत पाएकी छिन् । रेणुलाई पछ्याइरहेका विजयले २१८९ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर अहिले २३ मा झरेको छ ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७३२ मत पाएका छन् । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी २४३६ मतका साथ अगाडि छन् भने राप्रपाकी हिमला गुरुङले १७६५ मत पाएकी छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु