चितवन,बैशाख २४
नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।
नेकपा एमालेको जनसभा र चुनावी तयारीबारे जानकारी दिने उद्देश्यले एमालेको जिल्ला प्रचार विभागले हिजो भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो । सभामा भरतपुर महानगरका २९ वटै वडाबाट कार्यकर्ता उपस्थित हुने एमाले चितवनले जनाएको छ ।
सभालाई एमाले उपाध्यक्ष राम बहादुर थापा वादल,सुरेन्द्र पाण्डे लगायतका केन्द्रिय नेताहरु र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे समेतले सम्बोधन गर्नेछन् ।