रत्ननगर,बैशाख २०
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले एमालेलाई जनताको मनबाट निकाल्ने तागत कसैमा नभएको बताएका छन् । रत्ननगर वडा नम्बर ५ को चुनाबी कोण सभालाई सम्बोधन गर्दै ज्ञबालीले परमादेश जारी गरेर गठबन्धनले सरकारबाट निकाले पनि एमालेलाई जनताको मनबाट निकाल्न कसैको तागत नभएको बताएका हुन् ।
चुनाबमा एक्लै एक्लै लड्ने आँट नभएर ५ वटा दल गठबन्धन गरेर एमालेको विरुद्ध मोर्चाबन्दी गरेको भन्दै जति गठवन्धन गरेपनि एमालेलाई हराउन नसक्ने दावी गरे । २०७४ सालमा पनि गठवन्धनको विरुद्ध प्रतिष्प्रधा गरेर सानदार सफलता प्राप्त गरेका थियौ, हामीले गठवन्धनको पहिलेनै सामना गरेका हौं,अहिले पनि सामना गरेर सानदार विजय हासील गर्छौ, ज्ञवालीले भने ।
गठवन्धन पहिलेनै असफल सावित भइसकेको हतियार भएको भन्दै गठवन्धन जति कसिलो वनाएपनि जनताको विश्वास एमालेसंग रहेकोले एमालेलाई कसैले परास्त गर्न नसक्ने ज्ञवालीले बताए ।