चितवन, बैशाख १७ । भरतपुर महानगरपालिकाका मेयर पदका एमाले उमेदवार बिजय सुवेदीले आफू निर्वाचित भएको खण्डमा गर्भवती महिलालाई मासिक एकजारका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको छ । नेकपा एमाले भरतपुर(१२ ले आज गरेको चुनावी कोणसभामा बोल्दै मेयर उमेदवार सुवेदीले यस्तो घोषणा गर्नुभएको हो ।
आमाहरुको स्वास्थ्य राम्रो हुन सके स्वस्थ बच्चा जन्मने कुरालाई मध्यनजर गर्दै गर्भवती महिला दिदिबहिनीहरुको पोषणमा भत्ताले सहयोग मिल्ने सुवेदीले बताउनुभयो ।
“आज आमाको मुख हेर्ने दिन अर्थात माता तीर्थ औंशी पनि हो, सबै आमाहरु प्रति सम्मान छ। यस अवसरमा म महानगर प्रमुख भएको खण्डमा गर्भवती महिलालाई मासिक एकहजारका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्दछु । “- सुवेदीले भन्नुभयो ।
निस्वार्थ , निश्पक्ष ढंगले काम गरि महानगरमा शुसासन र समृद्धि हासिल गर्ने आफ्नो संकल्प रहेको उहाँले बताउनुभयो ।
भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सुवेदीले प्रतिवद्दता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर-१२ का वडा अध्यक्ष उमेदवार लेखराज पन्त हरीले वडावासीको सेवा गर्न आफू उमेदवारका रुपमा खडा भएको बताउनुभयो ।
वडा कमिटी ईन्चार्ज शेषमणि नेपालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता डा।तीलचन्द्र भट्टराई, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल, वडा कमिटी अध्यक्ष तिलप्रसाद न्यौपाने लगायतले बोल्नुभयो । कार्यक्रम पार्टी वडा कमिटी सचिव शोभा पण्डितले सञ्चालन गर्नुभएको थियो ।