रुसी लडाकु पानी जहाज समुद्रमा डुब्यो

बैशाख २ एजेन्सी । बुधबार बिस्फोटका कारण गम्भीर रुपमा क्षतिग्रस्त भएको रुसी लडाकु पानी जहाज समुद्रमा डुबेको छ।

रुसी रक्षा मन्त्रालयले मोस्क्भा नामक उक्त युद्धपोत डुबेको पुष्टि गरेको हो। यो युद्धपोतलाई रुसको सैन्य शक्तिको प्रतीकको रुपमा लिइन्थ्यो। युक्रेनले आफ्नो मिसाइलले उक्त युद्धपोत ध्वस्त भएको दाबी गरेको छ। रुसले भने युद्धपोतमा कुनै किसिमको आक्रमण भएको उल्लेख गरेको छैन।उसले यो युद्धपोतमा आगलागी भएको र विष्फोट भएको बताएको छ। उसले विष्फोटपछि युद्धपोतका चालकदलका सदस्यलाई उद्धार गरिएको बताएको छ।रुसी रक्षा मन्त्रालयले गम्भीर रुपमा क्षतिग्रस्त भएको सो पानी जहाज ब्ल्याक सी मै डुबेको बताएको हो ।

समुद्रमा आएको छालहरुका कारण जहाज डुबेको दाबी रुसी रक्षा मन्त्रालयको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।५१० सदस्य रहन सक्ने मिसाइल क्रुजर पानी जहाजमा भएको क्षति युक्रेन युद्धमा रुसले बेहोरेको ठूलो सैन्य धक्काका रुपमा हेरिएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु