त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित एकजना पक्राउ

चैत २८ काठमाण्डौ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका ७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई हिजो आइतवार राति पक्राउ गरिएको हो । उनी नेपाल एयरलाइन्सको उडानद्वारा काडमाडौँबाट क्वालालम्पुर(मलेसिया) हुँदै नारिता (जापान) जान लागेकी थिइन्। उनको साथमा रहेको हाते ब्याग चेकजाँच गर्दा गोली फेलापरेको विमानस्थल प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले बताए।उनले बोकेको घ्यू रंगको लेडिज हाते ब्यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स- रे ‘ए’ मा चेकजाँच गर्ने क्रममा कालो रंगको वालेटभित्र केएफ १३ ५.५६ लेखिएको एक राउण्ड गोली राउण्ड फेला परेको हो।

उनलाई विमानस्थल प्रहरीले सामान्य सोधपुछपछि थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ।

विमानस्थल स्रोतका अनुसार सोधपुछका क्रममा महिलाले जानाजान गोली नबोकेको बताएकी छन्। उनी भन्छन्, ‘महिला लाहुरे परिवारबाट रहेको हुनाले आफूहरुले त्यसरी गोली बोकेर हिँड्नु हुँदैन भन्ने नै थाहा नभएको भन्नेजस्तो स्पष्टीकरण उनले दिएकी छन्।‘ आफ्नो गलत नियत नभएको उनले बताउँदै आएकी छन्।वृत्त स्रोतका अनुसार महिलाले कहिले मेकअपको सामान हाल्दा गोली परेको, कहिले आफूलाई गोली बोकेर हिँड्नु हुँदैन भन्ने नै थाहा नभएको जस्ता बयान दिएकी छन्।

महिलाले जानाजान गोली लिएर विदेश जान खोजेको वा जानाजान नरहेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु