चैत २६ चितवन । रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार २७ चैत रामनवमीका अवसरमा नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ ।
रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।