धनुषाका विजय रामको आफ्नै साथीबाट गोली हानि हत्या

चैत २५ धनुषा । धनुषाका विजय रामको हत्या आफ्नै साथीबाट भएको पत्ता लागेको छ।

जिल्लाको हंसपुर नगरपालिका–७ का १८ वर्षीय विजय राम गोली र चक्कु हानेर मारिएको अवस्थामा बुधबार गहुँ खेतमा भेटिएका थिए। अनुसन्धानबाट विजयको हत्या उनकै तीन जना साथी मिलेर गरेको पत्ता लागेको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार कुमार बस्नेतले जानकारी दिए।

हत्या आरोपमा विजयका साथीमध्ये २० वर्षीय मनोज महरालाई प्रहरीले पक्राउ गरिसकेको छ भने फरार १९ वर्षीय पंकज मण्डल र २२ वर्षीय जितु मण्डलको खोजी भइरहेको डीएसपी बस्नेतले बताए। प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटेको अनुसन्धान टोलीले घटनाबारे सुक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिसँग सोधपुछ गर्दा विजय मंगलबार साँझ ७ बजे उनीहरूसँगै घुम्न गएका थिए। डीएसपी बस्नेतका अनुसार शंका लागेर मनोजलाई पक्राउ गरी बयान लिँदा पंकज र जितुसमेत मिलेर विजयको हत्या गरेको पत्ता लागेको हो। उनीहरूले पुरानो रिसइबीमा विजयको हत्या गरेको खुलेको डीएसपी बस्नेतले बताए।

पक्राउ परेका मनोजविरुद्ध ज्यानसम्बन्धी कसुर ९कर्तव्य ज्यान० मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु