नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्ने पायो अनमुति

चैत २३ काठमाण्डौ । नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार गरेको पत्रकार सम्मेलनमा नेपालमा उत्पादित थप ३२५ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी गराएकी छन्।

भारतको ऊर्जा मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप तीन र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको बजारमा बेच्न अनुमति दिएको हो। १४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालयले जानकारी दिएको छ।

त्यसैगरी ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुलीलाई भारतले बेच्ने अनुमति दिएको स्रोतको भनाइ छ । यसअघि नै भारतले १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुलीलाई बेच्न अनुमति दिइसकेको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु