चैत २२ बाँके । बाँकेको नरैनापुर गाउँपालिका–४ को कृष्णनगरमा भीषण आगलागी भएको छ ।
आगलागीमा परेर करिब १५ घरगोठ र ४ वटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि करिब रु १८ लाखको क्षति भएको आङ्कलन गरिएको छ । नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
इलाका प्रहरी कार्यालय भोजपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारीअनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको हो । करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो ।