आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका सबै मन्त्रीले मन्त्रीले बुझाए राजीनामा

चैत २१ एजेन्सी । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका सबै मन्त्रीले राजीनामा बुझाएका छन्।

आर्थिक संकट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सबै २६ मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् । तर प्रधानमन्त्री महिन्दा राजपाक्ष र उनका भाइ राष्ट्रपति गोतबाया राजपाक्षले भने राजीनामा दिएका छैनन् ।

राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा नामल राजपाक्षपनि रहेका छन् । यसले प्रधानमन्त्री र राष्ट्रपतिलाई देशमा स्थायित्व कायम गर्नका लागि सहयोग गर्ने अपेक्षा रहेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

सन् १९४८ यताकै गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा इन्धन, खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्रीको अभाव रहेको छ । आर्थिक संकट सुल्झ्याउन सरकारले काम नगरेको भन्दै आक्रोशित नागरिकले दैनिक प्रदर्शन गर्दै आएका छन् ।यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो।

राजधानी कोलम्बोमा स्थिति नबिग्रियोस् भनेर सेना र प्रहरीले हरेक कुनामा पहरा दिइरहेका छन्।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गर्न भारत अघि सरेको छ। इन्धन संकटसँग जुध्न श्रीलंकालाई भारतले तेल ट्याङ्कर पठाइदिएको हो, जुन शनिबार श्रीलंका पुगेको छ। यसले इन्धन संकटसँग जुधिरहेका जनतालाई राहत दिने अपेक्षा गरिएको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु