कैलालीमा बिरामीको मृत्युपछि पदमा अस्पतालमा तोडफोड

चैत १९ कैलाली। कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका छन्।

चिकित्सकको लापरबाहीका कारण शुक्रबार साँझ उपचार गर्न आएका बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन्।इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका– ३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको थियो।बिरामीको उपचारमा चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेको उनले बताए।

मृतकका आफन्तले ढुंगा प्रहार गर्दा अस्पतालका सीसा फुटेको छ। अस्पताल परिसरमा तनाव सृजना भएको छ। मृतकका आफन्तहरुले अस्पतालको एम्बुलेन्समा समेत तोडफोड गरेका छन्।

बिरामीको मृत्युको कारण भने खुल्न सकेको छैन। अस्पतालकाे तनावग्रस्त स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु