सर्लाहीमा भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु,५ जना घाइते

चैत १७ सर्लाही। सर्लाहीमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएको सर्लाही प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधवार राति करिब १२ बजे लालबन्दी नगरपालिका–१७ कालिनजोर पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बिआर ०६ बिएम १५३७ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो।दुर्घटनामा कारका चालक भारतको सीतामढी बयलडाबड धनुषी–२ का २२ वर्षीय नवीन यादवको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

त्यस्तै सोही स्थानका २७ वर्षीय अतुल कुमार, १९ वर्षीय उमेश भन्ने दिव्यान्स यादव, २८ वर्षीय प्रिन्सराज राजपुत, २२ वर्षीय बजरङ्गी भन्ने शौरभ यादव र मुजफ्फरपुर रामनगर १ वस्ने २५ वर्षीय अजित यादव घाइते रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घाइते सबैजनाको उपचार लालबन्दी स्थित गढीमाई अस्पतालमा भइरहेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु