पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु अर्का एकजना घाइते

चैत १६ पोखरा । पोखरामा बुधबार बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

आज बिहान करिब चार बजेको समयमा ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट स्कुटर चालक पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

ट्रकको ठक्करबाट स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–१० घलेचोक बस्ने १८ वर्षीया मिना गुरुङ घाइते भएकी छन् । उनको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको डीएसपी तिवारीले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु