ललितपुरको सानेपामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु

चैत १३ काठमाण्डौ । ललितपुरको सानेपामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गएराति सवा १ बजे बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल पल्टिँदा प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नवीन न्यौपानेको मृत्यु भएको छ । उहाँको उपचारका क्रममा स्टार अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, गम्भीर घाइते भएका तनहुँको आँबुखैरेनी घर भइ प्रहरी वृत्त सातदोबोटोमा कार्यरत प्रहरी जवान सुमनकुमार सिंहको स्टार अस्पतालमा नै उपचार भइरहेको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु