गाडीमा छुटेको तीन लाख ५० हजार प्रहरीले सम्बन्धित धनीलाई बुझाइयो

चैत ९ काठमाडौँ । काठमाडौँस्थित यात्रुवाहक बसेमा छुटेको रु तीन लाख ५० हजार रकम आज प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

आज बिहान ७ः३० बजेको समयमा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ शेर्पाको नम्बर नखुलेको यात्रुवाहक बसमा उक्त रकम छुटेको थियो ।शेर्पाले दिएको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त रकम फेला पारी धनीलाई फिर्ता दिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट तत्कालै मातहत एकाइका प्रहरीलाई सूचना प्रवाह गराई उक्त रुटमा चल्ने सम्पूर्ण बसमा जाँच गरिएको थियो । सोही क्रममा महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरी टोलीद्वारा यात्रुवाहक बसमा जाँच गर्ने क्रममा रत्नपार्कबाट जहरसिंहपौवासम्म चल्ने बा४ ख ६४३३ नंको यात्रुवाहक बसबाट उल्लिखित नगदसहितको कालो झोला फेला पारेको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु