आज विश्व कविता दिवस मनाइँदै

चैत ७ चितवन । आज विश्व कविता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

दिवसको अवसरमा विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रम गर्दैछन् । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो ।नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो ।

कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि कवितालाई महत्त्वपूर्ण मानिन्छ । दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य विभागले विशेष कवि गोष्ठी गर्दैछ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु