चैत २ भक्तपुर । भक्तपुर नगरपालिका–१० भत्केकोपाटीमा रोकीराखेको टिपरमा ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
सडक छेउमा रोकीराखेको बा ५ ख ४७६७ नम्बरको टिपरको पछाडि प्रदेश ३ ०२ ००२ प ८२९५ नम्बरको मोटरसाइकल हिजो बेलुकी आठ बजे ठोक्किएको थियो ।दुर्घटनामा भक्तपुर नगरपालिका–७ इनाचो घर भई हाल भत्केकोपाटी बस्ने ४० वर्षीय सत्यनारायण उलक गम्भीर घाइते भएका हुन् ।
उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।