आज सुनको मूल्य एकैपटक प्रतितोला १८ सय घट्यो

चैत १ काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्य घटेको छ।

आज (मंगलबार) सुन प्रतितोला एक हजार आठ सय रुपैयाँ घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय सुन र चाँदीको मूल्य लगातार घटिरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु