नेतृत्व मात्रै होइन, सोचको रूपान्तरणका लागि मेराे उम्मेदवारी: रानाभाट

रेशम सापकोटा – सेतो नेपाल
माडी, २९ असार ।

माडी नगरपालिका ७, देवेन्द्रपुरका युवा सुशिल रानाभाटले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको Adelaide SA क्षेत्रको युथ सदस्य पदमा उम्मेदवारी दिएका छन्।

सेतो नेपालसँग टेलिफोनमा कुराकानी गर्दै रानाभाटले भन्नुभयो,
“नेतृत्व मात्रै होइन, सोचको रूपान्तरण आवश्यक छ। अब युवाको आवाजलाई निर्णायक तहसम्म पुर्‍याउनुपर्छ।”

“ Vote for Youth – Vote for the Future!” भन्ने नारा लिएर अगाडि बढेका सुशिल विदेशी भूमिमा रहे पनि नेपाली पहिचान, भाषा र संस्कृतिको संरक्षणमा कटिबद्ध छन्।

“NRNA अब औपचारिकता मात्रै होइन, युवालाई नेतृत्व दिने संस्था बन्नुपर्छ। हाम्रो भाषा, कला र संस्कृतिलाई हाम्रो जीवनशैलीमा जिउँदो राख्नु हामी सबैको कर्तव्य हो,” रानाभाटले भन्नुभयो।

“म पदको लागि होइन, पुस्ताको भविष्यका लागि यहाँ आएको हुँ। नयाँ सोच र नयाँ ऊर्जा लिएर एनआरएनएलाई अगाडि लैजान चाहन्छु,” सुशिलले थपे।

NRNA अष्ट्रेलियाको Adelaide SA क्षेत्रको निर्वाचन यही २६ जुलाई २०२५ (शनिबार) मा हुँदैछ। त्यस अवसरमा उनले सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागी बन्न आह्वान गरे,
“तपाईंको एक मतले नेतृत्वमा नयाँ ढोका खोल्न सक्छ, जहाँ तपाईंको आवाज, भावना र भविष्य सुरक्षित रहन्छ।”

उनको उम्मेदवारीले अष्ट्रेलियामा रहेका नेपाली युवामा नयाँ आशा र विश्वास जगाएको छ। अब ती सबैले मिलेर निरन्तरता र प्रगतिको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु