विद्यालयको नयाँ शैक्षिक:परीक्षा र नतिजा वैशाखमै, जेठ १ देखि पढाइ सुरू

चैत १ काठमाण्डौ । विद्यालयहरूले आउँदो वैशाखमा विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नजिता प्रकाशन गर्नुपर्ने भएको छ।

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार चैत महिनाभरि पढाइ हुने र वैशाखमा परीक्षा सञ्चालन हुनेछ । वैशाखमै नतिजा प्रकाशन र नयाँ भर्ना प्रक्रिया पनि अघि बढ्ने छ । एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने तालिका छ। यसलाईसमेत मध्यनजर गर्दै स्थानीय तहहरूले कक्षा ८ को परीक्षा पनि वैशाखमै अनुकूल समयमा गर्नुपर्ने केन्द्रको भनाइ छ।

साथै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाखमै सुरू गर्नुपर्नेछ। जेठ १ गतेदेखि नियमित पठनपाठन सुरू गर्न पनि केन्द्रले निर्देशन दिएको हो।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु