चितवन मेटल इन्जिनियरिङ्गको अध्यक्षमा कार्की

फागुन २८ चितवन । चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको अध्यक्षमा पुनः तारा बहादुर कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

१६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षहरुमा कृष्ण प्रसाद भण्डारी, मोहनलाल श्रेष्ठ, राजु पुडासैनी, सचिवमा दुर्गालाल सापकोटा, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सह–सचिवमा रुकेश सापकोटा, सदस्यहरुमा सूर्य प्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवराज बराल, लोकनाथ सुवेदी, उद्धव न्यौपाने, विरेन्द्र बहादुर दवाडी, विवेक देवकोटा, धर्मराज अधिकारी, सन्तोष श्रेष्ठ चयन हुनुभएको हो ।

नवनिर्वाचित समितिका अध्यक्षलाई निर्वाचन मण्डलका संयोजक चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले र अन्य पदाधिकारी एवम् सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षले सपथ ग्रहण गराउनु भएको थियो । यसैबीच, उत्कृष्ट चारजनालाई अध्यक्ष अवार्डबाट सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा भण्डारी ग्रिल उद्योगका सञ्चालक कृष्ण प्रसाद भण्डारी, एस।एस।ई।एण्ड रिसर्च सेन्टरका सञ्चालक शान्ता न्यौपाने, नेपाल मेटेरियल ह्याण्डलिङ वर्कशपका सञ्चालक दुर्गालाल सापकोटा, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनुभएको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु