ताप्लेजुङ आगलागी हुँदा एकजनाको मृत्यु

फाल्गुन २७ ताप्लेजुङ ।ताप्लेजुङ सदरमुकाम फुङलिङ–४ स्थित कोप्चेमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।

कोप्चेकी संगीता मादेनको घरमा शुक्रबार बिहान ८ः१५ बजे आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगलागीबाट मादेनको घरमा डेरा गरी बस्ने मैयाखोला गाउँपालिका–१ की ६७ वर्षीया चुलीमाया लिम्बूको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।

नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा बिहान ९ः४० बजे आगो पूर्ण नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु