काठमाडौंमा एकै परिवारका पाँच जना बेहोश , एक जनाको मृत्यु :घटनास्थलमा भेटियो सुसाइड नोट

फागुन २४ काठमाण्डौ । काठमाडौंमा एकै परिवारका पाँच जना बेहोस भेटिएको स्थानमा सुसाइड नोट पनि फेला परेको छ।

काठमाडौंको नागार्जुन नगरपालिका–६ डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बसेको एकै परिवारका ५ जना बेहोश फेला परेकोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा काठमाडौं डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार वर्ष ६२ की इन्दिरामाया प्रधान, वर्ष ३८ का भीममान प्रधान, वर्ष ३५ की मन्दिरा प्रधान र वर्ष ११ की सुप्रिया प्रधानको उपचार भइरहेको हो। तर उनीहरू चारै जना अझै बोल्न सक्ने अवस्थामा नरहेको उनले बताए।पाँचै जना विषादी खाएर भित्रबाट ढोका बन्द गरिएको अवस्थामा बेहोस भेटिएका थिए।

सुसाइड नोट भेटिएसँगै परिवारका पाँचै जनाले सामूहिक आत्महत्याको प्रयास गरेको देखिएको छ। विषादी खानुको कारण तथा समय नखुलेको र घटना सम्बन्धमा प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको एसपी मैनालीले जानकारी दिए।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु