फागुन २१ एजेन्सी ।पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा शक्तिशाली विष्फोट भएको छ।जसको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ
शुक्रबार मस्जिदमा प्रार्थना गरिरहेका मानिसहरुलाई लक्षित गरी यो आक्रमण गराइएको हो।विष्फोटमा परी ५६ जनाको मृत्यु भएको छ। पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार यो विष्फोटमा परी थप २ सय जना घाइते भएका छन्।पेशावरका प्रहरी प्रमुख मुहम्मद एजाज खानका अनुसार मस्जिद बाहिर दुई आक्रमणकारीले सुरुमा गोली चलाएका थिए।उक्त आक्रमणमा एक प्रहरी र एक आक्रमणकारीको मृत्यु भएको थियो। बाँकी आक्रमणकारी मस्जिदभित्र छिरेर आत्मघाती विष्फोट गराएका थिए।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो आक्रमणको निन्दा गरेका छन्।