फाल्गुन २० काठमाडौँ । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गरेको छ।
प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गरेका हुन्।
प्रेस काउन्सिलको विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरुको पक्षरविपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिन्छ । जुन कार्यबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५(११), ५(४)र ४ (९)को ठाडो उल्लंघन भएको छ।’
प्रेस काउन्सिलले कारबाहीका लागि साइबर ब्युरोमा सिफारिस गरी पठाएका १६ युट्युब च्यानलहरु यी हुन्:
-टिसिने नेपाल
-सुपर अनलाइन
-ए वान समाचार
-मिडिया ताजा खबर
-नेपाली मन
-पुमा गौरव राई
-नौलो शुभ अनलाइन
-नयाँ खोज नेपाल
-लक्ष्मण म्युजिक मिडिया
-अर्घाखाँची मिडिया
-विशाल नेपाल
-मुन अफ नेपाल
-डिएमजी नेपाल
-नेपाली माटो
-समर्पित प्रकाश
-रातोपाटी मिडिया