कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट :टाउकोमा ‘ब्लन्ट फोर्स इन्जुरी’

कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट स् टाउकोमा ‘ब्लन्ट फोर्स इन्जुरी’

फागुन १७ काठमाडौँ ।कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट आएको छ । लामा फागुन ११ मा भक्तपुरको कौशालटारस्थित घर बाहिर मृतावस्थामा भेटिएका थिए । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा उनको शव परीक्षण गरिएको थियो । चिकित्सकले लामाको मृत्युको कारणमा लेखेका छन्, ‘ब्लन्ट फोर्स इन्जुरी टु दि हेड ।’ सो रिपोर्ट अनुसार टाउको बजारिएर उनको मृत्यु भएको पुष्टि भएको छ ।

चिकित्सकले हतियारको चोट नभएको र टाउकोमा रगत जमेका कारण मृत्यु भएको रिपोर्ट प्रहरीलाई दिएका छन् । ‘लामाको मृत्यु शंकास्पद देखिएन्,’ महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डे भन्छन् । गाडीबाट ओर्लिन खोज्दा बजारिएर उनको टाउकोमा रगत जमेको प्रहरीको निष्कर्ष छ । फागुन ११ मा राति १ देखी साढे २ को बिचमा उनको मृत्यु भएको बताइएको छ । ६० वर्षीय लामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर–२ का स्थानीय हुन् ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु