सी जिनपिङद्वारा एसिया–प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार र क्षेत्रीय सहकार्यको समर्थन

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार, आर्थिक विविधीकरण तथा डेटा व्यवस्थापनसम्बन्धी नियमलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीन एसिया–प्रशान्त क्षेत्रको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्यलाई निरन्तरता दिने बताएका हुन् ।

क्षेत्रीय सहकार्य र आर्थिक विकासलाई प्रवर्द्धन गर्न चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा पनि उनले गरेका छन् । साथै, सेन्जेनमा एसिया–प्रशान्त अध्ययन केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिएका छन् ।

सम्मेलनमा विश्वका विभिन्न देशका नेताहरूको सहभागिता रहेको थियो । यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसहित विभिन्न राष्ट्रका नेताहरूले सामूहिक तस्बिर खिचाएका थिए ।

Share:

सम्बन्धित समाचारहरु